‘स्वास्थ्यमा समस्या आएपछि’ धर्ना स्थगित

0
273

कन्चनपुर, फागुन १० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका निर्मलाका आमा–बाबुले धर्ना स्थगित गरेका छन् ।

Advertisements

गएको कात्तिक २५ गतेदेखि छोरीको न्यायका लागि जिल्ला प्रशासन कार्यालय कन्चनपुरको मूलगेटअगाडि धर्नामा बसेको पीडित परिवारले शुक्रबार धर्ना स्थगित गरेको हो ।

धर्नामा बस्दा स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं जानुपर्ने भएकाले धर्नाको कार्यक्रमलाई स्थगित गरिएको निर्मलाका बुवा यज्ञराज पन्तले बताए ।

आन्दोलनका अरु कार्यक्रम भने जारी रहेको बताउँदै उपचारपछि पुनः आन्दोलन गर्ने परिवारको भनाइ छ ।

धर्ना स्थगित गर्नुअघि निर्मलाको हत्यारा र अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै परिवारले जिल्ला प्रशासन कार्यालय कन्चनपुरमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । इमेज खबरमा समाचार छ ।

LEAVE A REPLY