गोर्खा सैनिकको समस्याबारे अध्यक्ष दाहालको चासो

0
206

ललितपुर, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् ।

Advertisements

शुक्रबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यांकेस्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानकाबारेमा जिज्ञासा राखेका थिए ।

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगकाबारेमा छलफल भएको थियो ।

त्यसैगरी, अध्यक्ष दाहालले नेपालको शान्ति–प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गरेको अध्यक्ष दाहालको सचिवालले जनाएको छ ।

आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै अध्यक्ष दाहालले वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न वर्तमान सरकार लागिपरेको बताए ।

चारदिवसीय नेपाल भ्रमणमा रहेका राज्यमन्त्री ल्यांकेस्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताए ।

राज्यमन्त्रीले गोर्खा सैनिकले उठाएका समस्या नेपालकोमात्र नभएर बेलायतको पनि भएको बताए ।

उनले नेपालको शान्ति–प्रक्रिया विश्वका लागि उदाहरणकारुपमा रहेको धारणा राखेका थिए ।

भेटमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसको उपस्थिति थियो । रासस

NO COMMENTS

LEAVE A REPLY