वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजनाको मृत्यु

0
276

काठमाडौं, फागुन १० । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ । उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन् ।

Advertisements

निर्माण सामग्री ‘अनलोड’ गर्नेक्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेका छन् ।

त्यस्तै, मदनपुरकै २० वर्षीय सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

निर्माण सामग्री रहेको लिफ्टको डब्बासँगै चौथो तलाबाट खसेका नवीनको उपचारका लागि ट्रमा सेन्टर लैजाने तयारी गर्दागर्दै र भूमिकुमारको उपचारकाक्रममा मृत्यु भएको जनसेवा प्रहरीका प्रहरी नायब उपरीक्षक टेकुनन्द लिम्बूले जानकारी दिए ।

मृतकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटना बिहीबार साँझको भएपनि प्रहरीले शुक्रबारमात्र जानकारी दिएको हो । रासस

LEAVE A REPLY