‘नेपाललाई अष्ट्रियाको सहयोग निरन्तर’

0
191

काठमाडौं, फागुन १० । नेपाल भ्रमणमा रहेकी अष्ट्रियाकी विदेशमन्त्री करिन निसेलले नेपाल र अष्ट्रियाबीचको सम्बन्ध आगामी वर्षहरुमा झन् मजबुद् हुँदै जाने विश्वास व्यक्त गरेकी छन् ।

Advertisements

शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित प्रतिनिधिमन्डलसँगको दुईपक्षीय वार्तापछि सन्चारकर्मीहरुसित कुरा गर्दै उनले सांस्कृतिक सम्पदाको संरक्षणमा नेपाललाई अष्ट्रियाको सहयोग निरन्तर रहने बताइन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले द्विपक्षीय वार्ताबाट उद्योग, प्रविधि आदान–प्रदान, लगानीलगायतका क्षेत्रमा सहयोग पुग्ने उल्लेख गरे ।

उनी मन्त्री ज्ञवालीको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणकाक्रममा बिहीबार काठमाडौं आएकी हुन् ।

LEAVE A REPLY