कार्यकर्तालाई काँग्रेस नेता आचार्यले भने : नआत्तिनुस

0
226

चितवन, फागुन १० । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन् । काँग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नेपालको हरेक परिवर्तनमा काँग्रेसको नेतृत्व आवश्यक रहेको जनताले महसुस गरेको बताउँदै उनले कार्यकर्तालाई समय आउने बताउँदै नआत्तिन आग्रह गरे ।

Advertisements

काँग्रेस चितवनका कार्यवाहक सभापति भूपतिदास सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता आचार्यले स्थानीय तहको निर्वाचनदेखिनै काँग्रेस चितवनलाई अन्याए भएको बताए । काँग्रेसका जिल्ला नेता तथा कार्यकर्ताले केन्द्रीय नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

LEAVE A REPLY