गीतानगर सामुदायिक सिकाई केन्द्रको भवन निर्माण स्थलको अवलोकन

0
547

शिव शर्मा चितवन, ११ फागुन । गीतानगर सामुदायिक सिकाइ केन्द्र एवं पर्यटन सुचना केन्द्रको भवन निर्माण स्थलको अवलोकन गरिएको छ । भरतपुर –६ सिंह वाहिनी दुर्गा पाञ्चायन मन्दिर पारसनगरमा बन्न लागेको सिकाइ केन्द्र (सिएलसि) को अन्तराष्ट्रिय सहयोगी सस्था नेशनल फेडेरेशन अफ युनेस्को एसोसियसन जापानका प्रतिनिधि तोमायो कामोसिडा, वडा अध्यक्ष हरिबिलास कोइराला लगाएत सस्थाका पदाधिकारीको उपस्थितिमा अवलोकन गरिएको हो । सहिद स्मृति माबि पारसनगरको परिसरमा बनाउने भनिएको सिकाई केन्द्र अन्ततः सिंह वाहिनी पाञ्चायन मन्दिर परिसरमा बन्ने भएको हो । सहिद स्मृति माबिमा जग्गाको अभाव भएपछि बिद्यालय पछि हटेको थियो ।

जग्गा दाता दिनानाथ पोख्रेल र रेखा पोख्रेलले १ कठ्ठा १६ धुर जग्गा दान गरेपछि यहाँ भवन बन्न लागेको केन्द्रका अध्यक्ष लोकनाथ पौडेलले बताए । १ कठ्ठा ८ धुर क्षेत्रफलमा केन्द्रको २ कोठे भवन लगाएतका संरचना बन्ने छन् । ‘पहिलो चरणको भवन ३३ लाख अनुमानित लागतमा निर्माण गरिने छ, यसपछिको चरणका लागि ४८ लाखको अनुमानित लागतमा बन्ने छ ।’ केन्द्रका अध्यक्ष पौडेलले भने, ‘सिकाइ केन्द्रले समुदायलाई जोड्ने छ ।’

Advertisements

वडा अध्यक्ष हरिविलास कोइरालाले सिकाई केन्द्रले समुदायमा आधारित आय मुलक र सिकाईका क्षेत्रमा सहयोग गर्ने बिश्वास ब्यक्त गरे । सामुदायिक सिकाई केन्द्र परियोजना बिकासको साझेदार नेशनल फेडेरेशन अफ युनेस्को एसोसियसन जापानको प्रतक्ष्य सहयोगमा केन्द्रले आफ्ना कार्यक्रम संचालन गर्दै आएको छ ।

केन्द्रले उद्दमसिलता , शिक्षा , कृषि लगाएतका काममा बर्षेनी उलेख्य काम गर्दै आएको केन्द्रका लाभान्वितले बताएका छन् । केन्द्रले महिला उधमसिलता , प्रौढ शिक्षा ,कृषि उपजका काम गर्दै आएको छ । उधमसिलाताको आधारमा समुहले माग गरे अनुसारको तालिम केन्द्रले प्रदान गरेको सस्थाका अध्यक्ष लोकनाथ पौडेलले बताए ।

अनौपचारिक शिक्षा केन्द्रको मातहतमा रहि अहिले चितवनका ३३ सहित देश भरिका सामुदायिक सिकाई केन्द्र संचालनमा हुदै आएका छन् । सरकारको १ वडा १ सामुदायिक सिकाइ केन्द्र बनाउने लक्ष्य सहित कार्य संचालन भइरहेको छ । २०३४ सालमा तत्कालिन सरकार र युनेस्को बीच पहिलो पटक ‘ग्रामिण बिकासका लागि सेती परियोजनाका’ नाममा हस्ताक्षर गरिएको थियो । त्यसपस्चात बिस २०५४ मा सरकारले १ निर्वाचन क्षेत्र १ सामुदायिक सिकाई केन्द्रको अबधारणा बिस्तारित भएको थियो ।

LEAVE A REPLY