सबै छाडेर म आफैं खेती गर्न हिँडूँ कि भनेजस्तो हुन्छ : दाहाल

0
171

भक्तपुर, फागुन ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कृषि उद्योगको विकासलेमात्र समृद्ध नेपालको परिकल्पना साकार हुनसक्ने बताएका छन् ।

Advertisements

शनिबार भक्तपुरमा एक तरकारी होलसेल तथा फलफूल बजारको उद्घाटन गर्दै अध्यक्ष दाहालले समृद्धिको प्रमुख आधार कृषिमा आधुनिकीकरण, व्यावसायिकीकरण र विविधिकरण रहेको बताए ।

उनले कृषि उत्पादन वृद्धि गर्न प्रविधिको उपयोग गर्दै कृषिमा आधारित व्यवसाय सन्चालन गरी कृषि उद्योगहरु सन्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

कृषिमा छुट्याएको बजेट अन्त खर्च हुने गरेको भन्दै अध्यक्ष दाहालले यसबारेमा आफूले सरकारसित कुरा गर्ने बताए ।

‘राजनीतिक परिस्थिति हेर्दा दिक्क’

अर्को एक प्रसंगमा अध्यक्ष दाहालले अहिलेको राजनीतिक परिस्थिति हेर्दा दिक्क लाग्ने गरेको टिप्पणी गरे ।

‘सबै छाडेर म आफैं खेती गर्न हिँडूँ कि भनेजस्तो हुन्छ’–उनले भने ।

भक्तपुरका व्यवसायी श्यामसुन्दर बस्नेतले भक्तपुरको गठ्ठाघरमा साढे ६ करोड रुपैयाँको लागतमा ८ रोपनी क्षेत्रफलमा सुरु गरेको तरकारी बजारमा १३० सटर र १५० स्टल गरी २८० ओटा तरकारी तथा फलफूल पसल सन्चालनमा ल्याएका हुन् ।

LEAVE A REPLY