अत्तरिया डीपीएल–३ च्याम्पियन

0
224

कैलाली, फागुन ११ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सीवाइसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटलाई हराउँदै अत्तरिया च्याम्पियन बनेको हो । उपाधिसँगै अत्तरियाले ३० लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो ।

Advertisements

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा पूरा गर्‍यो । अत्तरियालाई जिताउनेक्रममा भारतीय खेलाडी सन्नी पटेलले अविजित ४७ रनको पारी खेले । यस्तै, जयकिशन कोल्सावालाले ३० र कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे । बलिङतर्फ महेन्द्रनगरका मोहम्मद नाभिद र सागर ढकालले समान २÷२ तथा अविनाश बोहरा र सहाव आलमाले १/१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरा २० ओभर खेल्दै ‘अलआउट’ हुनुपूर्व १२३ रन बनाएको थियो ।महेन्द्रनगरका लागि लागि दिलीप नाथले ४३, कुशल मल्लले २५, रोहितकुमार पौडेलले २४ र मोहम्मद नाभिदले १० रनको योगदान गरे । बलिङतर्फ अत्तरियाका दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र रावतले समान २/२ तथा कन्नी पटेलले १ विकेट लिए ।महेन्द्रनगरका ५ ब्याट्सम्यान ‘रन आउट’ भएका थिए । 

ऐरीले पाए सुनको जुत्ता

‘म्यान अफ दी फाइनल’ र ‘म्यान अफ दी सिरिज’ अत्तरियाका सन्नी पटेल घोषित भए । उनले पुरस्कारस्वरुप दुई लाख रुपैयाँ पाए ।

सन्नी पटेल प्रतियोगिताको उत्कृ ष्ट ब्याट्सम्यानसमेत घोषित भए । यस्तै, उत्कृष्ट बलर अत्तरियाका भुवन कार्की घोषित भए । सोवापत दुवैले १/१ लाख रुपैयाँ पाए ।

प्रतियोगिताको महत्वपूर्ण खेलाडी घोषित हुँदै अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले सुनको जुत्ता प्राप्त पारे ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टिम सहभागी थिए ।

LEAVE A REPLY