भरतपुरको विवाद बारे चितवन कांग्रेसको देउवालाई ब्रिफिंग

0
499

चितवन, १२ फागुन । भरतपुर महानगरमा नगर प्रमुख र उपप्रमुख बीचको विवादको बारेमा कांग्रेस चितवनले सभापति शेरबहादुर देउवालाई जानकारी गराएको छ । आज नेपाली कांग्रेस जिल्ला सचिव उत्तम जोशी, महानगर उपप्रमुख पार्वती शाह ठकुरी लगाएत कांग्रेस जिल्ला नेताको सहभागितामा देउवालाई भरतपुरमा देखिएको पछिल्लो विवादको ब्रिफिंग गरिएको हो ।  देउवासंगको छलफलमा भरतपुर महानगरमा एकलौटि निर्णय गरिएको र कांग्रेसको सहभागितालाई अपनत्व गर्न नसकेको प्रति नेताहरुले बताएका थिए । भेटमा सभापति देउवाले भरतपुरमा देखिएको एकलौटिपन प्रति केन्द्र तहमा गम्भिर छलफल गर्ने आस्वाशन दिएका थिए ।

Advertisements

बुधबार एक बिज्ञप्ति जारि गर्दै उपप्रमुख ठकुरीले महानगरपालिकामा आर्थिक अनियमितता मौलाएको बताएकी थिइन । महानगरपालिका प्रमुख दाहालले महानगरको काम नियम संगत नगरेको ले आरोप लगाएको थिइन । १२ वटा बुँदा सहितको प्रेश बक्तव्यमा महानगरले गर्ने कामका लागि समिति गठन नै नगरी आर्थिक, जिन्सी लगाएतका क्रियाकलाप गरेको जनाइएको थियो ।
एजेण्डामा बिमति राख्दा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगर प्रमुखले चलाउने भन्दै उपप्रमुखको काम कर्तव्य र अधिकारलाइ कुण्ठित गर्ने गरि शब्द प्रयोग गर्ने गरेको बाहिरिएको थियो । ठकुरीले भरतपुर महानगर आस्थाको आधारमा चलेको भन्दै चर्को असन्तुस्टि जनाएकी छन् । यस अघि उपप्रमुख पार्वती शाहलाई फेसबुक मार्फत ज्यान मार्ने धम्कि आएको थियो ।

LEAVE A REPLY