मुआब्जा विवादले सडक निर्माणमा स्थानीयको अवरोध

0
165

सिन्धुली, फागुन १३ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको रानीवास क्षेत्रमा सडक निर्माणमा विवाद देखिएको छ ।

Advertisements

मुआब्जा निर्धारण गर्ने प्राविधिक कर्मचारीले पक्षपात गरेको आरोप स्थानीयले लगाएपछि सरकारको राष्ट्रिय उच्च प्राथमिकतामा परेको सडक निर्माणमा विवाद भएको हो ।

धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको पूर्वी खण्डको मुआब्जा निर्धारण गर्ने प्राविधिक कर्मचारी राजदेव महतोले रानीवासको वयरवनी, सुनखानीलगायतका बस्तीका आवासको मुआब्जा कानुनबमोजिम कार्यान्वयन नगरी पक्षपात गरेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

आयोजनाका प्राविधिकहरुले मनोमानी रुपमा मुआब्जा प्रदान गर्दा आफूहरु पीडित भएको रानीवासका स्थानीयले बताएका छन् ।

कमलामाई नगरपालिका वडा नम्बर १३ र १४ का सडक क्षेत्रमा घर परेका धेरै मानिस मुआब्जा पाउनबाट बञ्चित भएका छन् । सडक निर्माण क्षेत्रमा परेका घरको क्षतिपूर्ति स्वरुप स्थानीयले अधिकतम् एक करोड रुपैयाँसम्म मुआव्जा लिएका छन् ।

LEAVE A REPLY