नेकपामा किचलो : कार्यदलका पाँच सदस्यले बुझाए छुट्टै प्रतिवेदन

0
182

काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदलका पाँच सदस्यले लिखित प्रतिवेदन बुझाएका छन् ।

Advertisements

कार्यदल भंग गर्ने सचिवालयको निर्णयलाई चुनौती दिँदै पाँच नेताले लिखित प्रतिवेदन बुझाएका हुन् । सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटीले रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो । तर, कार्यदलका सदस्यहरुबीचको विवादका कारण त्यसले ठोस प्रतिवेदन तयार पार्न सकेको थिएन ।

कार्यदलले काम गर्न नसकेको निष्कर्ष निकाल्दै नेकपा सचिवालय बैठकले कार्यदल नै भंग गर्ने निर्णय गरेको थियो । तर कार्यदलका सदस्यहरु सुरेन्द्र पाण्डे, वर्षमान पुन, वेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले सचिवालयको निर्णयलाई चुनौती दिँदै लिखित प्रतिवेदन बुझाएका हुन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाइएको प्रतिवेदन स्थायी कमिटी सदस्यहरुलाई बोधार्थ दिइएको छ ।

प्रतिवेदनमा कार्यदलमा उत्पन्न विवादबारे पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा सांगठनिक एकीकरणको मापदण्डसमेत सिफारिस गरिएको छ । १४७ सदस्यीय पोलिटब्यूरो गठन गर्दा केन्द्रीय कमिटीको अनुपातमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादीबाट ६६ सदस्य प्रस्ताव गरिएको छ ।

LEAVE A REPLY