कांग्रेस केन्द्रीय समितिले उल्ट्यायो महासमिति बैठकको सहमति, विधान पारित

0
156

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महासमिति बैठकको सहमतिविपरीत विधान पारित गरेको छ ।

Advertisements

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकको बहुमतले महासमितिको सहमति उल्ट्याउँदै केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने गरी विधान पारित गरेको हो ।

गत पुसमा सम्पन्न महासमिति बैठकमा पनि विधानको विवादले चर्को रुप लिएपछि संस्थापन र असन्तुष्ट पक्षबीच केन्द्रीय सदस्यहरु पनि वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र समावेशी सहभागिता दोहोरिन नहुने सहमति भएको थियो ।

तर, केन्द्रीय समिति बैठकले उक्त सहमति तोड्दै बहुमतको आधारमा निर्णय गरेको हो ।

निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत ११ जनाले असहमति जनाएका छन् । उनीहरुले फरक मत राखेका हुन् ।

LEAVE A REPLY