इटालियन सिरीए : लिग तालिकामा युभेन्टसको १६ अंकको अग्रता

0
222

काठमान्डौ १३ फागुन । इटालियन सिरीएमा युभेन्टसले लिग तालिकामा १६ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा बोलगानोलाई १–० गोल अन्तरले पराजित गर्दै तालिकामा ६९ अंक पुर्‍याएकाे हो । दोस्रो स्थानमा रहेको नापोलीको ५३ अंक छ । पराजित भएको बोलगानो अठारौं स्थानमा छ ।

Advertisements

पहिलो हाफ गोल रहित बराबरी खेलेको युभेन्टसका लागि पाउलो डिबालाले गरेको गोलनै निर्णायक भएको थियो । डिबालाले ६७ औं मिनेटमा गोल गरेका थिए । क्रिस्टियानो रोनाल्डोले केही मौका पाए पनि गोल गर्न भने असफल भए ।

LEAVE A REPLY