बम विस्फोटका पीडित परिवारद्वारा नख्खुस्थित एनसेल कार्यालयअगाडि प्रदर्शन

0
175

काठमाडौं, फागुन १३ । ललितपुरको नख्खु बम विस्फोटका पीडित परिवारले घटनाको बेला सीसीटीभीमा कैद भएको दृष्य हेर्न पाउनुपर्ने माग गरेका छन् ।

Advertisements

गत शुक्रबार भएको सो बम विस्फोटमा मारिएका परिवारका आफन्त, घाइते परिवारका आफन्तलगायत स्थानीय बासिन्दाले सोमबार बम विस्फोट भएको एनसेल कार्यालयअगाडि भेला भइ यस्तो माग गरेका हुन् ।

घटनामा मृत्यु भएका सिंहप्रसाद गुरुङका आफन्तको पहलमा सरकारसँग वार्ता गर्न बनेको टोलीका अध्यक्ष भोगेन्द्र गुरुङको नेतृत्वमा गएको टोलीले एनसेलका प्रतिनिधिसँग छलफलपनि गरेको छ ।

पीडितपक्ष र टोलबासीहरुले आफूहरु असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

LEAVE A REPLY