तरकारी खेतीमा युवाहरुको आकर्षण बढ्दो

0
363

आशिष उप्रेती, चितवन, फागुन १३ । अहिले धेरै जसो युवाहरु विदेश पलायन भैरहेको अवस्थामा नेपालमा नै केहि गरौ भन्ने उद्धेश्यले ५ जना युवाहरु मिलेर चितवनको भरतपुर महानगरपालिका २३ जगतपुर, मधुपुरीमा ढुंगाना एग्रीकल्चर प्रोडक्ट प्रालि सन्चालन गरेका छन् । करिब २५ बिगाहा क्षेत्रफल भएको जग्गा भाडामा लिएर आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आईरहेका छन् । करिब ७० लाख लगानी गरेर सुरु गरेको सो एग्रीकल्चर फार्ममा अहिले विभिन्न प्रकारका मौसमी तथा बेमौसमी तरकारीहरु टमाटर, सिमि, बोडी, फर्सि, भेन्टा, करेला, लौका, चिचिन्ना, मूला, घिरौला उत्पादन भैरहेको छ ।

Advertisements

धादिङ बेनिघाट रोराङ गाउपालिका ७ का सामर्थ ढुंगाना, सिवहरी सिलवाल, धादिङ गल्छी गाउपालिकाका रामकृष्ण रिमाल, चितवन टाडीका कमल अर्याल र चितवन भरतपुर ९ का सुमन लुईटेल लगायतका युवाहरु मिलेर २०७४ साल असोज २ गते सरकारी प्रणाली अनुसार नै दर्ता गरेर गत साउन महिनादेखि नै सो फार्म सन्चालनमा ल्याएका छन् । त्यति मात्रै नभइ सो फार्मले त्यहाका स्थानिय बासिन्दाहरुलाई रोजगारी समेत प्रदान गरीरहेको छ । एग्रीकल्चर फार्ममा अहिले ३५ जनाले काम गरीरहेका छन् ।

फार्मबाट उत्पादित तरकारीहरुको मूख्य बजार काठमाण्डौलाई माने पनि केहि उत्पादित तरकारीहरु काठमाण्डौ भन्दा बाहिर नारायणगढ लगायतका स्थानिय बजारहरुमा समेत लगेर बेच्ने गरेको ढुंगाना एग्रीकल्चर प्रोडक्ट प्रालिका सन्चालक सिवहरी सिलवालले बताउनुभयो । आधुनिक प्रविधिबाट खेति गर्दा लगानी अनुसार आम्दानी चाहि खासै नभएको अवस्थामा लागत कष्ट धेरै पर्ने भएकोले अहिलेको बजार भाउ अनुसार बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको उहाले बताउनुभयो ।

बाहिरी देशबाट आयात हुने तरकारीहरुलाई अन्त्य गरी आफैले उत्पादन गर्नुपर्छ भनेर कृषिमा लागि परेको ढुंगाना एग्रीकल्चर प्रोडक्ट प्रालिका अध्यक्ष सामर्थ ढुंगानाले बताउनुभयो । कृषिमा तत्कालै क्रान्ति नगरेसम्म यसको सम्भावना नरहेकोले एउटा कृषि क्रान्तिको मूल उद्देश्य लिएर आफुहरुको टिम कृषिमा लागि परिरहेको उहाले बताउनुभयो । आउदा दिनहरुमा यसको क्षेत्रफल अझै बढाएर कृषिमा कायापलट ल्याउने गरी तरकारी खेतीमा लाग्ने बताउनुभयो ।

फार्मका अर्का सन्चालक सदस्य कमल अर्यालले देशमा बसेर कृषिमा नै केहि गरौ भन्ने उद्देश्यले साथसाथै आफु साहित्यकार समेत भएकाले तरकारी खेतिबाटै कथाहरु खोजी साहित्यका रुपमा कलम चलाउन सकिन्छ भनेर तरकारी खेतीमा लागेको बताउनुभयो ।

अहिले धेरै जसो युवाहरु विदेश पलायन भैरहेको अवस्थामा कृषिमा लागेका उनिहरुको टिमले नेपालमा नै बसेर केहि गर्नुपर्छ भन्ने एक गतिलो उदाहरण समाजमा दिईरहेको छ । यसरी सबै युवाहरु नेपालमा नै बसेर कृषिमा लागेमा कृषिमा कायापलट ल्याउन भने अवश्य नै सकिनेछ ।

LEAVE A REPLY