डोनाल्ड ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा

0
279

काठमाडौं १४ फागुन । उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम पुगेका छन् ।

Advertisements

नेता किम हरियो र पहेंलो रंगको रेलबाट भियतनामको डोङडाङ रेलवे स्टेसनमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रेलबाट ओलिएपछि किमले आफ्नो स्वागतमा आएकाहरुलाई अभिवादन गरेर कारमार्फत् गन्तव्यतर्फ लागेका किमले राजधानी हनोइसम्मको यात्रा कारमा गर्नेछन् ।

किम ओर्लिएको रेलवे स्टेसनबाट राजधानी हनोइ १०५ माइलको दूरीमा छ ।

नेता किमका साथमा उनकी बहिनी किम यो जोङ र प्रमुख सहयोगी पूर्व जनरल किम योङ चोल पनि सहभागी छन् ।

किम गत शनिबार रेलमार्ग हुँदै भियतनाम प्रस्थान गरेका हुन् । उनी चीन हुँदै भियतनाम पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबीच भोलिदेखि दोस्रो ऐतिहासिक वार्ता हुँदै छ ।

बिहीबारसम्म हुने वार्ताको तयारी पूरा भएको बताइएको छ । दुई नेताबीच गत वर्षको जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक भेटवार्ता भएको थियो ।

त्यो भेटमा उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम बन्द गर्न सहमत भएको थियो ।

भियतनाममा हुने दोस्रो वार्तामा पहिलो वार्तामा भएका सम्झौता कार्यान्वयनको समीक्षा हुने तथा नयाँ रणनीतिसहितको सम्झौता हुने सम्भावना रहेको बताइएको छ ।(एजेन्सी)

LEAVE A REPLY