पाकिस्तानले भन्यो : भारत सर्प्राइज आक्रमणको सामनाको लागी तयार होस्

0
205

इस्लामाबाद १४ फागुन । आफ्नो भूमिमा घुसेर भारतीय सेनाले गरेको आक्रमणको कडा जबाफ दिने तयारी पाकिस्तानी सेनाले गरेको छ। पाक सेनाका प्रवक्ता मेजर जनरल आसिफ घाफुरले सेना प्रमुख जनरल कमर जावेद बाजवाले जवाफी कारबाहीका लागि तयार रहन निर्देशन दिएको पुष्टि गरेका छन् ।

Advertisements

यसका लागि एयर चीफ मार्शल मुजाहिद अनवर खान र दुई अन्य प्रमुखसँग पाक सेना प्रमुखले कुराकानी गरेका छन् । उता पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले पाकिस्तानलाई विश्वबाट अलग थलग गराउने भारतीय सपना कहिल्यै पुरा नहुने बताएका छन् ।

यही क्रममा भारतीय आक्रमणको जबाफका लागि प्रधानमन्त्री इमरान खानले मंगलबार सुरक्षापरिषद्को बैठक डाकेका छन् । तर पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले भने सोमबार मात्रै शान्तिका लागि भारत-पाकिस्तान दुवैसँग अपिल पनि गरेका थिए ।

१४ फेब्रुअरीमा पुलवामामा भएको चरमपन्थी हमलाका क्रममा ४६ जना भारतीय अर्धसैनिक बलका जवान मारिएका थिए । यो हमलाको जिम्मेवारी जैस ए मोहम्मदले लिएको थियो । जसलाई भारतले पाकिस्तानमा रहेर आतंकवादी गतिविधि गर्दै आएको आरोप लगाउँदै आएको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केही दिनअघि यदि जैस ए मोहम्मदले आक्रमण गरेको पुष्टि भएमा आफूहरु कारबाहीका लागि तयार रहेको बताएका थिए । उनले यदि यही बहानामा भारतले हमला गरेमा त्यसको कडा जबाफ दिन आफूहरु तयार रहेको उल्लेख गरेका थिए । त्यसपछि पाकिस्तानी सेना प्रमुखले एक पत्रकार सम्मेलनमा भारतले नै आतंकवादलाई बढावा दिएको बताएका थिए ।
पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले यदि भारतले कुनै किसिमको दुस्साहस गरेमा पाकिस्तानले त्यसको कडा जवाफ दिने दाबी गरेका छन् । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग भिड्नका लागि सेनालाई खुल्ला छुट दिएको बताइसकेका छन् ।

पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले भारतले पुलवामा हमलापछि पाकिस्तानविरुद्ध कुटनीतिक युद्ध छेडेको बताएका छन् । उनलले आतंकवादलाई बढावा दिन पाकिस्तानले भूमिका खेलेको भन्दै आफूहरुमाथि दोष थोपर्न भारत उद्यत रहेको बताए ।

कुरैसीका अनुसार आतंकवादीसँग सामना गर्नका लागि नेशनल एक्शन प्लान बनाइएको छ । जसमा रहेका २० सूत्रीय एजेन्डामा आतंकवादलाई जरैबाट उखेलेर फ्याक्ने कुरा पनि समावेश छ ।

LEAVE A REPLY