पाकिस्तानले आफ्नो बिमान खसाएको भारतको स्वीकारोक्ति

0
281

काठमाडाैं , १५ फागुन । पाकिस्तानी वायू सेनाले आफ्नो लडाकु विमानमा आक्रमण गरेर खसाएको भारतले स्वीकारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।

Advertisements

उनले भारतको एयरस्ट्राइकको जवाफमा पाकिस्तानले एक्सन लिएको पुष्टि गरे । साथै आफ्नो सेनाले पनि पाकिस्तानको लडाकु बिमान खसाएको उनले दावी गरे ।

रवीश कुमारले भने, ‘पाकिस्तानको कारवाहीमा भारतको एउटा मिग विमान ध्वस्त भयो र हाम्रो एक पाइलट बेपत्ता छन् ।’

यसअघि पाकिस्तानले दुईवटा भारतीय बिमानलाई खसाएको र एक पाइलटलाई नियन्त्रणमा लिएको बताएको थियो । पाकिस्तानी सेनाले एउटा ४६ सेकेन्डको भिडियो पनि सार्वजनिक गरेको छ ।

भिडियोमा आँखामा पट्टी बाँधिएको एक व्यक्ति देखिन्छन् । उनी भारतीय वायूसेनाका विङ कमान्डर अभिनन्दन भएको बताइएको छ । भिडियो उनले भन्छन्, ‘म भारतीय वायूसेनाको एक अधिकारी हुँ । मेरो सर्भिस नम्बर २७९८१ हो ।’

भारतीय पक्षबाट भने यो भिडियोको विषयमा प्रतिक्रिया आएको छैन ।

पाकिस्तानी सेनाले दुई भारतीय विमान खसाल्यो, एक पाइलट पक्राउ
नियन्त्रण रेखा (एलओसी) पार गरेर घुसपैठ गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

एक पाइलट पनि पक्राउ परेको उसले बताएको छ । यद्यपि स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढ्दो छ । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो ।

त्यसको भोलिपल्ट पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले यसको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानी वायू सेनाले आफ्नो वायू सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको छ ।’

तर, यो भारतीय आक्रमणको जवाफ नभएको बताए । फैसलले भनेका छन्, ‘पाकिस्तानले गैरसैन्य क्षेत्रलाई निशाना बनाएको थियो, ताकि धनमालको नोक्सानी नहोस् ।’

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले भने आफ्नो वायूसेनाले सिमा क्षेत्र (एलओसी) पार गरर दुई भारतीय विमान खसालेको बताएका छन् । उनले एक विमानका पाइलटलाई नियन्त्रणमा लिइएको जानकारी पनि दिएका छन् ।

उनले टि्वटरमा लेखेका छन्, ‘पाकिस्तानी एयरस्पेसभित्र दुई भारतीय विमान खसाइएको छ ।’

सैनिक कारबाही होइन,आत्मसुरक्षाका लागि हो : पाकिस्तान विदेश मन्त्रालय

पाकिस्तानी परराष्ट्र मन्त्रालयले आफ्नो हवाइ क्षेत्रको लाइन अफ कन्ट्रोल पार गरेकाले एक्सन लिएको बताएको छ । बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ ‘ यो भारतले गरेको आक्रमणको जवाफी हमला होइन ।’

पाकिस्तानले यस घटना गैरसैनिक भएको पनि दावी गरेको छ । मानवीय र अन्य क्षति रोक्न उक्त कदम चालेको पाकिस्तानको भनाइ छ । आत्म सुरक्षाका लागि आफ्नो अधिकार प्रयोग गरेको पाकिस्तानले बताएको छ ।

LEAVE A REPLY