नारायणगढको ग्लोबल आइएमई बैँकमा आगलागी

0
275
Photo : Narayanionline

चितवन, फागुन १६ । नारायणगढको शहिदचोकमा रहेको ग्लोबल आईएमई बैँकमा आज दिउँसो आगलागी भएको छ ।

Advertisements

दिउँसो १२ बजे भएको आगलागीलाई भरतपुरको बारुणयन्त्र र प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद गौतमले जानकारी दिए । उनले विद्युट् शर्ट भएर भएको आगलागीबाट बैँकको एउटा कोठामा रहेको फर्निचर र कप्युटर जलेर नष्ट भएको बताए । कुनै मानविय क्षति नभएपनि अन्य भौतिक क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY