मन्त्री अधिकारीको श्रद्धाञ्जली सभा भोलि बिहान हुने

0
206

काठमाडौ, फागुन १६ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएपछि आज टुँडिखेलमा गर्ने भनिएको श्रद्धाञ्जली सभा भोलि बिहान गरिने भएको छ ।

Advertisements

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो । तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ । सातै जनाको पोष्टमार्टम सकिन अझै ४ र ५ घन्टा लाग्ने चिकित्सकहरुले जनाएका छन् ।

LEAVE A REPLY