भरतपुर विमानस्थलको स्तरोन्नति गर्ने सपना अधुरै छाडेर गए मन्त्रि अधिकारी

0
296

चितवन, फागुन १६ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको भरतपुर विमानस्थलको स्तरोन्नति गर्ने सपना अधुरै रहेको छ । उनले भरतपुर विमानस्थलको स्तरोन्नति गरेर रात्रिकालीन उडान गर्ने लक्ष्य रहेको बताएका थिए ।

Advertisements

उनी पछिल्लो पटक माघको १९ गते चितवन आएका थिए । उनी आउँदा चढेको जहाज अवतरण गर्न खोजेको दक्षिण पश्चिम उत्तरी दिशाबाट ल्याण्ड गर्न नसकेपछि फेरि बाटो परिवर्तन गरी अर्काे दिशा दक्षिणपूर्वबाट भरतपुर विमानस्थलमा ल्याण्ड गरेको थियो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले भने, ‘ जहाज ल्याण्ड गर्न नसकेपछि मन्त्री अधिकारीले पछिल्लो समयमा चितवन आउँदा निकै डर लागेको बताए ।’ छाती ढक्क फुल्यो भन्दै मन्त्री अधिकारीले भरतपुर विमानस्थलको स्तरोन्नतिमा पनि चासो देखाउने गरेको प्रमुख गौतमले स्मरण गरे ।
उनी निजी भ्रमणमा चितवन आए पनि माघ २० गते भरतपुर विमान स्थलको स्तरोन्नतिबारे बहस गर्न तयार भएपछि चितवनको सीडीओ, डीएसपी, भरतपुरकी मेयर राखेर भरतपुर विमानस्थलमा नै अन्तक्र्रिया गरिएको थियो । अहिले पनि मन्त्री अधिकारीले राखेका विचारहरु विमानस्थल प्रमुख गौतमको स्मरणमा ताजै छन् । गौतमले स्मरण गरे, ‘ मन्त्री अधिकारीले तराईका सबै विमानस्थलहरुको स्तरोन्नति भइसक्दा पनि भरतपुर विमानस्थलको नभएकोले यसको छिट्टै गनुपर्छ भन्ने तत्परता देखाएका थिए ।’ उनले भरतपुर विमानस्थल नजिकै रहेको सैनिक व्यारेक हटाएर भए पनि धावनमार्ग विस्तार गर्नुपर्ने विचार राखेको विमानस्थल प्रमुख गौतमले बताए ।

काठमाडौँ गएपछि पनि मन्त्री अधिकारीसँग निरन्तर सम्पर्क भएको सैनिक व्यारेक हटाउने बारे उनले पहल थालेको उनले जानकारी दिए । एउटा विकासप्रेमी नेता गुम्दा अब फेरि भरतपुर विमानस्थलको स्तरोन्नतिको विषय शून्य तहबाट गर्नुपर्ने बाध्यता परेको उनले बताए । मन्त्री अधिकारीसहित नागरिक उड्डयनका उच्च अधिकारी गुमाउनु पर्दा आफूहरुलाई हिजोको दिन इतिहासकै कालो दिन जस्तो लागेको भरतपुर विमानस्थलका प्रमुख गौतमले दुःख व्यक्त गरे ।

LEAVE A REPLY