प्रतिनिधिसभा बैठक स्थगित

0
200

काठमाडौं, फागुन १६ । बिहीबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्नेगरी स्थगन भएको छ ।

Advertisements

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचनामार्फत् बिहीबारको बैठक स्थगन भएको जानकारी दिए ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सातजनाको निधन भएकामा सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसक्ने उनले जानकारी दिए ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक शुक्रबार दिनको ३ बजेका लागि तय गरेको महासचिव भट्टराईले जानकारी दिए । रासस

LEAVE A REPLY