ऊर्जामन्त्री वर्षमान पुन अचेत,नर्भिक अस्पताल भर्ना ,थप विवरण आउन बाँकी

0
461

चितवन,फागुन १६ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना हुनुभएको छ । अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

Advertisements

नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीका अनुसार मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको छ । मन्त्री पुनको परीक्षण सुरु भएको र थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुग्नुभएको छ ।

LEAVE A REPLY