सडक पुगेपनि रोजगारी र आर्थिक अवस्था विकराल: डा भट्टराई

0
210

धनगढी १६ फागुन । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले सम्भावनाका वावदुत पनि सुदूरपश्चिम विकासमा पछाडि पर्नु दुखदपूर्ण भएको बताएका छन् ।

Advertisements

पार्टीको जनसम्वाद कार्यक्रम सम्पन्न गरी काठामाडौं फर्किने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरु संगको कुराकानी गर्दै डा। भट्टराईले असंख्य सम्भावना हुँदा हुँदै पनि सुदूरपश्चिम विकासमा सधैँ पछाडि पर्नु दुखद भएको बताएका हुन् ।

‘सुदुरपश्चिम अझै आर्थिक र रोजगारीको क्षेत्रमा पछाडि नै छ’, उनले भने ‘देश आर्थिक समृद्धिको दिसामा छ भन्दै गर्दा देशको एउटा भूभाग विकासको स्थिति अझै उस्तै हुनु पक्कै राम्रो होइन ।’

भट्टराईले अभियानको क्रममा आफूले सुदूरपश्चिममा सडक विकास भए पनि रोजगारी र आर्थिक विकास कमजोर देखेको बताए ।

LEAVE A REPLY