आहा रारा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्ने

0
267

कास्की १६ फागुन । पोखरामा जारी १७ औँ आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि रुस्लान थ्रीस्टार क्लब र नेपाल आर्मी भिड्ने भएका छन् । पोखरा रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनल खेलमा नेपाल आर्मी क्लवले क्यामरुनी टोली दाउफिन्स फुटबल क्लबलाई १० गोल अन्तरले पराजित गरेपछि आर्मीले उपाधिका लागि थ्रीस्टार संगको भेट पक्का गरेको हो ।

Advertisements

सहरा क्लव पोखराको आयोजनामा संचालित प्रतियोगीताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ, भने उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ ।

प्रतियोगितामा सर्बा्धिक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५÷१५ हजारसहित ट्रफी प्रदान गरिने जनाइएको छ ।

LEAVE A REPLY