धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोगार्थ चितवनमा ‘म पनि’ मञ्चन !

0
226

 चितवन, फाल्गुन १८ । धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोगार्थ चितवनमा नाटक मञ्चन हुने भएको छ । बिग ड्रिम्स प्रोडक्सनको प्रस्तुतीमा फाउण्डेसनलाई सहयोगार्थ नाटक ‘म पनि’ मञ्चन हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

Advertisements

नाटक ‘म पनि’ १८, १९ र २० गते गरी तीन दिन मञ्चन हुने बिग ड्रिम्स प्रोडक्सनका अध्यक्ष प्रशन्न पौडेलले जानकारी दिए । पौडेलका अनुसार नाटक मञ्चनबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सहयोग गरिनेछ । चन्दा मागेर भन्दा पनि आफुमा रहेको प्रतिभा देखाएर आर्थिक संकलन गर्नु उचित हुने भएकोले यो नाटक मञ्चन गर्न लागिएको उनले बताए । पौडेल नाटकका लेखक समेत हुन् ।

नाटकका निर्देशक एवं कलाकार सुमित तामाङले आफ्नो कला देखाएर फाउण्डेसनलाई सहयोग गर्ने उद्देश्यले नाटक ‘म पनि’ मञ्चन गर्न लागिएको बताए । उनले नाटकमा छुवाछुत, भेदभावको कथा रहने जानाकारी दिए । नाटकको माध्यमबाट समाजमा हुने जातिय भेदभाव र छुवाछुतलाई न्युनिकरण गर्न सहयोग मिल्ने तामाङको विश्वास रहेको छ । यस्तै नाटकको माध्यमबाट युवाहरुमा सकारात्मक सोचको बिकास गर्नु पनि आफुहरुको उद्देश्य रहेको तामाङले बताए । पछिल्लो समय युवाहरु डिप्रेसनमा जाने र यसको कारण आत्मा हत्या गर्न समेत पछी नहट्ने गरेकोले यो नाटकले युवाहरुलाई त्यस्तो अवस्थाबाट बाहिर निकाल्ने विश्वाश गरेको उनले बताए ।

नाटकका कलाकारहरुले ‘म पनि’ पहिलो पटक चितवनमा मञ्चन हुन गईरहेकोले उपस्थित हुन सबैलाई आग्रह गरेका छन् । यस्तै उनिहरुले चितवनमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि आर्थिक सहयोगार्थ नाटक मञ्चन गर्न लागिएकोले यसलाई सफल बनाउन सम्पूर्ण चितवनबासीलाई आग्रह गरेका छन् । नाटकमा अधिकांश काठमाडौंका कलाकारहरु रहेका छन् छ भने केही चितवनका कलाकारहरु पनि रहेका छन् । नाटकमा सुमित तामाङ, दिपिका थापा, देबिशा लामिछाने,चन्दा ढुंगानाको, पवन श्रेष्ठ ,सञ्जय रेग्मी, मौसम खड्का, सौजन स्नेहाङ लिम्बु, उन्नत जङ्ग उप्रेती र अस्वीन केसीको अभिनय रहनेछ ।

नाटक नारायणगढमा रहेको नारायणी कला मन्दिरमा मन्चन हुनेछ । पहिलो दिन शनिबार साझँ ५ बजे मञ्चन हुनेछ भने आइतबार र सोमबार भने बिहान ११ र साझँ ५ बजे मञ्चन हुनेछ ।नाटक ५० मिनेटको हुने आयोजकले जानकारी दिएको छ । चितवन पछी नाटक बुटवलमा मञ्चन गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY