पद्मोदय खुल्ला भलिबलको सम्पुर्ण तयारी पुरा, उद्घाटन खेलमा पद्मोदय र कन्चन समाज खेल्ने

0
337

चितवन १७ फागुन । पर्यटकीय नगरी पटिहानीमा भोली (शनिवार ) देखि सुरु हुने “पद्मोदय खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता २०७५”को तयारी पुरा भएको छ । शिवरात्रिको अवसरमा पद्मोदय युवा क्लबको आयोजनामा यहीँ फाल्गुन १८ गतेदेखि २० गते सम्म प्रतियोगिता संचालन हुनेछ । हरेक वर्षको महाशिवरात्रीको अवसरमा प्रतियोगिता हुदै आएको छ । प्रतियोगितामा १४ टोलीको सहभागिता हुने क्लबका अध्यक्ष रामहरी सेढाईले जानकारी दिए । उद्घाटन खेलमा आयोजक पद्मोदय युवा क्लब र कन्चन समाज बिकास परिषदले प्रतिस्पर्धा गर्ने सेढाईले बताए । भोलि कै दोस्रो खेलमा हिमाल युवा क्लबले निरन्तर पार्वतीपुरको सामना गर्ने छ ।

Advertisements

भलिवल प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः नगद रु५० हजार, रु ३० हजार र रु १०र१० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विभिन्न बिधामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत ब्यबस्था गरिएको छ । प्रतियोगिताको टिम दर्ता शुल्क रु २ हजार तोकिएको छ ।
प्रतियोगिताका प्रबर्द्धकहरुमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र पटिहानी युवा तथा खेलकुद परिषद रहेका छन् । बिगत लामो समयदेखि भलिबल प्रतियोगिता गर्दै आएको क्लबले राष्ट्रिय र अन्तर्रा्िष्ट्रय स्तरको भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

LEAVE A REPLY