योगी नरहरिनाथ प्राकट्टय दिवस मनाइयो

0
415

आशा खरेल चितवन, फागुन १७ । राष्ट्र गुरु योगी नरहरिनाथ प्राकट्टय दिवस आज नेपालभरि रहेका नरहरिनाथ आश्रममा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । उहाँको आज प्राकट्टय र ब्रह्मलिन तिथी पारेर सो कार्यक्रम गरिएको हो । सोहि अवसरमा आज देवघाटमा रहेको श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रममा पनि कार्यक्रम गरिएको हो । हवन तथा पाठ पारायण गरि सुरु गरिएको कार्यक्रममा बृहत आध्यात्मिक परिषद् मृगस्थली काठमाण्डौका वरिष्ठ उपाध्यक्ष योगी व्याघ्र वेदनाथ प्रमुख अतिथी रहनु भएको थियो । उहाँले सामाजिक कार्यमा जो कोहि तत्पर भएर लागिरहन्छ उ सदा अम्मर रहने बताउनुभयो ।

Advertisements

एकलाई दुख पर्दा सबै मिली सहयोग गरेमा यहि जन्ममा धर्म प्राप्ति हुने उहाँको भनाई थियो । थोपा थोपा रकम संकलन गरि पुन्य कार्य गर्नको लागि सबैलाई आग्रहसमेत गर्नुभयो । सोहि कार्यकार्यक्रममा साल्ट टे«डिङ्ग कर्पोरेशन चितवन शाखाले फ्रेबरुरि महिनालाई आयोडिन दिवशको रुपमा देशैभरि आयोडिन सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । उक्त अवसरमा आज अन्तिम दिन देवघाटमा रहेको योगी नरहरिनाथ सँस्कृत्तम गुरुकुलम्का ११ जना विद्यार्थीहरुका लागि व्याग वितरण, गाईको लागि १ बोरा आयोडिन नुन, गाई वस्तुको संरक्षण गरिरहेका व्यक्तिहरुका लागि टिसट र त्यहाँ बस्ने व्यक्तिहरुका लागि चिनी र चियापत्ति वितरण गरिएको हो ।

बिशिष्ठ अतिथी साल्ट टे«डिङ्ग कर्पोरेशन चितवन शाखाका प्रमुख वुद्धिविनोद दाहालले शुभकामना मन्तव्य राख्दै आयोडिनको कमीबाट हुने विक्रृती र त्यसबाट बचावटका उपायहरु सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरिएको बताउनु भएको छ । गुरुकुलमका निर्वृत शिक्षक हरिशर्मा रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा श्री योगि नरहरिनाथ सँस्कृत्तम गुरुकुलमका प्राचार्य योगाचार्य यदुनाथ पोखरेलले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रम श्री बागिश्वरी आध्यात्मिक परिषद् योगि नरहरिनाथ आश्रमका निर्वतमान अध्यक्ष शान्ता प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY