दार्चुलामा जिप दुर्घटना, ८ जनाकाे मृत्यु

0
291

काठमाडाै‌ं फागुन १७ । सदरमुकाम खलंगाबाट हिकिला जाँदै गरेको जिप दुहु–३ राताकाठामा दुर्घटना हुँदा ८ जनाकाे ज्यान गएकाे हाे। दुर्घटनामा परी जिपका चालक गम्भीर घाइते भएका छन्।

Advertisements

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक महानन्द भट्टले नेपालखबरलाई दिएकाे जानकारी अनुसार ५ जना महिला र तीन जना पुरुषकाे मृत्यु भएकाे छ। मृतककाे सनाखत हुन सकेकाे छैन।

जिपका चालक दीपक धामी गम्भीर घाइते भएका छन्। उनकाे स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि भारत रिफर गरिएकाे प्रहरीले जनाएकाे छ।

शुक्रबार राति ८ बजेतिर खलंगाबाट छुटेको म १ ज २८० नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल माकाली नदीकाे किनारमा खसेकाे हाे। अहिले घटनास्थलमा उद्धार चलिरहेको छ। नेपाल प्रहरी सशस्त्र र नेपाली सेना तथा स्थानीय उद्धारमा जुटेका छन्।

अँध्याराे भएकाले र भीरका कारण उद्धारमा कठिनाइ उत्पन्न भएकाे प्रहरीले जनाएकाे छ।

LEAVE A REPLY