‘महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा’

0
233

काठमाडौं, फागुन १८ । महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Advertisements

कोषले शनिबार पत्रकार सम्मेलन गरी महाशिवरात्रिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

कोषले पर्वका दिन फागनु २० गते पश्चिम ढोकाबाट एउटा र दक्षिण ढोकाबाट दुईओटा गरी तीन स्थानबाट मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाएको छ ।

यसैगरी, तिलगंगा, राम मन्दिरतर्फ पनि आवश्यकताअनुसार एउटा लाइन हुनसक्नेछ ।

महाशिवरात्रिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गरिनेछ भने करिब पाँच हजार नेपाल स्काउटका स्वंसेवक पनि परिचालन हुनेछन् ।

कोषले मन्दिर प्रांगणभित्र रात्रिकालीन व्यवस्थासहित कोषको आफ्नै नेतृत्वमा विशेष जनशक्ति परिचालन गरिने जनाएको छ ।

यसैगरी, साधु–सन्तहरुका लागि आवश्यक निःशुल्क भोजन, बसोबासको व्यवस्था मिलाइएको र धुनीकोसमेत व्यवस्था मिलाइसकिएको जनाइएको छ ।

उनीहरुलाई आउने–जाने खर्च पनि उपलव्ध गराइने कोषले जनाएको छ ।

कोषले पाशुपत क्षेत्रभित्र गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको बिक्री–वितरण, ओसार–पसार र प्रयोग नगर्नसमेत सबैलाई अनुरोध गरेको छ ।

शिवरात्रिका लागि देश–विदेशबाट आएका साधु–सन्तहरु पाशुपत क्षेत्रमा रहेको राम मन्दिर र पशुपतिनाथ मन्दिरको वरपर अहिलेदेखि नै ठाउँ ओगटेर बस्न थालिसकेका छन् ।

LEAVE A REPLY