चलचित्र ‘जानी नजानी’ को टोली चितवनमा

0
219

चितवन २० फागुन । यही चैत्र १ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘जानी नजानी’का कलाकारहरु मोफसल टुर अन्तर्गत आईतबार चितवन आईपुगेको छ । चितवनमा पत्रकार सम्मेलन गर्दै ‘रोमान्टिक–कमेडी’ जनराको चलचित्र ‘जानी नजानी’ चलचित्रकी प्रस्तुतकर्ता एवं कलाकार रोशनी केसी सँगै कलाकारद्वय मनिष श्रेष्ठ र निरिशा बस्नेतले चलचित्रको बारेमा जानकारी गराएका छन् ।

Advertisements

चलचित्रकी प्रस्तुतकर्ता एवं कलाकार रोशनी केसीले ‘जानी नजानी’ राम्रो चलचित्र बनेको बताएकी छिन् । केसीले चलचित्रमा माया प्रेमको कथा रहेको बताईन् । केसीले ‘जानी नजानी’ मा माया प्रेम सँगै राष्ट्रियताको कथा पनि रहेको बताएकी छिन् । नेपालमा लोप हुँदै गईरहेको ढाकालाई चलचित्रमा देखाईएको केसीले बताईन् ।त्यस्तै चलचित्रका नायक मनिष श्रेष्ठले ‘जानी नजानी’ राम्रो चलचित्र बनेको बताएका छन् । उनले ‘जानी नजानी’ रोमान्टिक कमेडी जनराको चलचित्र भएको बताएका छन् । अभिनेत्री निरिषा बस्नेतले फिल्मको ‘कन्टेन्ट’ मन परेरै आफूले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेको बताईन् । बलिउडमा समेत काम गरिसकेकी निरिषाले यो फिल्म हेर्दा कसैलाई घाटा नहुने दाबी गरिन् ।

रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा रहेको चलचित्रमा वसन्त अधिकारीले निर्देशन गरेका हुन् । सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, रोशनी केसी लगायतको अभिनय रहेको छ ।

LEAVE A REPLY