भरतपुरको कोलटाँडी टोलमा शिबरात्रीको रौनक

0
346

बिनिता कंडेल, चितवन फागुन २० । आराध्यदेव भगवान शिवको पूजाअर्चनाका लागि देशैभरीका शिवालायहरुमा श्रद्धालुहरुको घुँइचो लाग्यो । महाशिवरात्री पर्वको अवसरमा काठमाडौको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर महादेव, केदारेश्वर, कोटेश्वर, भालेश्वर लगायत चितवन, नवलपरासी र तनहँको संगमस्थल देवघाटधामा ठूलो मेला लागेको थियो ।
महाशिवरात्री पर्वको अवसरमा दिनभर शिबालयहरुमा घुईचो लाग्यो । सोहि दिनै भरिको पुजा आर्चना गरेका शिबजिका भत्तहरु रातभर शिबजिको बुटिक खाएर जाग्राम बस्ने गरेका छन । यता भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित कोलटाँडी टोलमा पनि टोलबासि जम्मा भएर शिबजिको प्रसाद खाँदै बिभिन्न मनोरम कार्यक्रम गरे ।
१ सय ४५ घर दुरी रहेको कोलटाँडी टोलले प्रत्यक बर्षको महाशिबरात्रीमा बिभिन्न कार्यक्रम गर्ने गरेको स्थानीय प्रदिप सापकोटाले बताए । उनका अनुसार टोलमा महाशिबरात्रीको अबसरमा टोलका बालबालिका देखि बृद्ध बृद्धा सम्मको लागि सहज हुनेगरि बिभिन्न कार्यक्रम पनि हुने गरेका छन ।

Advertisements

LEAVE A REPLY