नेपालको राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी !

0
324

काठमान्डौ २० फागुन । नेपालको राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्बजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार आफ्नो परिवर्तित लोगो र राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, केल्मीको नेपालमा आधिकारिक बिक्रेताका प्रतिनिधि प्रदीप न्यौपानेलगायतले सार्वजनिक गरेका थिए । नयाँ लोगो राष्ट्रिय टिमको जर्सीमा पनि राखिनेछ। यसअघि राष्ट्रिय टिमले लगाउने जर्सीको देब्रे भागमा नेपालको राष्ट्रिय झण्डा थियो अब त्यस स्थानमा नयाँ लोगो रहनेछ।

Advertisements

नयाँ लोगोको सबैभन्दा माथि नेपाल लेखिएको छ भने त्यसपछि सगरमाथा अनि नेपालको झण्डा राखिएको छ। सबैभन्दा पुछारमा फुटबलको चिन्ह रहेको छ। फुटबलमा ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने सात घेरा राखिएको छ ।

यसैगरी राष्ट्रिय टिमले लगाउने होम एण्ड अवे जर्सी पनि सार्वजनिक भएको छ। यसअघि गाढा रातो र गाढा निलो कलरको जर्सी थियो। नयाँ जर्सी पनि यसअघिको जस्तै रातो र निलो कलरमा छ तर पहिले जस्तो भने छैन।

नयाँ जर्सीको डिजाइन एन्फाले केल्मीसँग मिलेर गरेको हो। केल्मी नेपाली फुटबल टिमको जर्सी निर्माण गर्ने कम्पनी समेत हो। एन्फे केल्मीलाई विभिन्न किसिमको डिजांइन दिएको र त्यसमध्ये उत्कृष्ट छानेर यो जर्सी तयार पारिएको एन्फा अध्यक्ष शेर्पाले जानकारी दिए।
पोखरा सन्दीप तिवारीले बनाएको नयाँ लोगो भने चार किनार भएको छ। यसअघि एन्फाको लोगो गोलाकार थियो। एन्फा अध्यक्ष कर्मा छिरिङका अनुसार एन्फाले नयाँ लोगो बनाउन आह्वहान गरेपछि प्राप्त ५७० लोगोहरुबाट सन्दीपको लोगोलाई छनोट गरेको ले जानकारी दिए।

एन्फाले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छुट्टा–छुट्टै जर्सी बनाएको छ । यद्यपि घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि मात्रै कुन जर्सीमा खेल्ने भन्ने विषय निर्धारण हुने एन्फाले जनाएको छ । एन्फाले पहिलोपटक फुटबल गीत समेत सार्वजनिक गरेको छ । एन्फाको नयाँ गीतको रचना राष्ट्रगानका रचयिता व्याकुल माइलाले गरेका हुन् ।

LEAVE A REPLY