काँग्रेस अग्रजको सम्मानमा स्मारिका !

0
252

चितवन ३० फागुन । नेपाली काँग्रेस  रत्ननगर वडा न १५ मा रहेका लोकतान्त्रिक आन्दोलनका सेनानीको बिवरण सहितको अग्रज पुस्ता नामक स्मारिका सार्वजनिक भएको छ । आज९बिहिवार रत्ननगर १५मा भएको कार्यक्रममा ६५ बर्ष माथीका सेनानिलाई स्मारिका हस्तान्तरण गरी सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी पुर्व सांसद एक नाथ रानाभाटले सेनानीको भूमिकाले नेपाली काँग्रेस अहिले सम्म सशक्त भएको बताए । उनले लोकतान्त्रिक इतिहासमा सेनानीको उलेख्य भूमिका रहेको स्मरण गरे । कार्यक्रमका बिशिष्ठ अतिथि काँग्रेस  जिल्ला सचिव उत्तम जोशीले सेनानी नेपाली काँग्रेसको सम्पति भ​एको बताए । लोकतान्रिक आन्दोलनका सशक्त सेनानीका कारण काङ्रेसले हरेक आन्दोलनमा सफलता पाउने गरेको उनको भनाइ छ । कार्यक्रममा जिल्ला कार्य समिती सदस्य गणेश पौडेल , नगर सभापती रुपन राज घिमिरे, नेता उत्तम आचार्य लगाएतले बोलेका थिए । कार्यक्रम रत्ननगर १५ का वडा सभापती शिव तिवारीको अध्यक्षतामा सम्पन्न भयो ।

Advertisements

LEAVE A REPLY