रेशमलाल चौधरीको सांसद पद खारेज !

0
268

काठमाडौँ  २२ फागुन । टीकापुर घटनाका अभियुक्त कैलाली–१ का सांसद रेशम चौधरीको पद सजाय पाएसँगै स्वतः खारेज भएको छ । नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भएसँगै उनको पद स्वतः खारेज भएको हो । संविधानले नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान गरेको छ । चौधरीलाई बुधबार कैलाली जिल्ला अदातलले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।

Advertisements

उनी पुर्पक्षका लागि थुनामै भएको अवस्थामा सांसद पदको सपथ पनि लिएका थिए। अन्ततः उनीसहित ११ जनालाई जन्कैदको फैसला सुनाइएपछि उनको पद स्वतः खारेज भएको हो । अब कैलाली क्षेत्र नम्बर १ पुनः निर्वाचन हुनेछ । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भड्किएको हिंसामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी १ नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।

चौधरी गतवर्ष सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित भएका थिए । चौधरीलार्ई केही महिना अघि मात्रै संसद्मा सफथ गराइएको थियो । उनि हाल डिल्लीबजार कारागारमा छन् ।

चाैधरीको सांसद पद गुम्ने भएकाे छ । संविधानले नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान गरेको छ ।

संविधानको धारा ८७ ले सांसद हुने योग्यतामा ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको’ व्यक्ति हुनु पर्ने व्यवस्था गरेको छ । लगत्तै धारा ८९ ले ‘धारा ८७ बमोजिम योयता नभएमा वा नरहेमा’ संघीय संसदको सदस्यको स्थान रिक्त हुने व्यवस्था गरेको छ ।

LEAVE A REPLY