अदालतको फैसला मान्दैनौं, अब आन्दोलन चर्काउँछौंः राजेन्द्र महतो

0
295

काठमाडौँ  २२ फागुन । टिकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले आपत्ति जनाएको छ ।

Advertisements

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताएका छन् । उनले एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस जेल जानु पर्ने भए प्रचण्ड, ओली, शेर बहादुर देउवा पनि जेल जानु पर्ने बताए ।

कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा ठूलो मतान्तरसहित विजयी भएका थिए ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

LEAVE A REPLY