साना नानीहरु भन्छन् : सामाजिक सञ्जालको सदुपयोग गरे काईदा नगरे वेफाईदा

0
290

सुरज रेग्मी चितवन, फागुन २२ । पछिल्लो समय सामाजिक सञ्जालको गलत बड्दै गएको छ । सामिजिक संजालको अनुचित प्रयोगका काँरण अपराधिक गतिबिधिको बृद्धिसँगै समाजनै उल्टो बाटोमा हिड्नेमा बिद्यार्थी नै चिन्तित हुन थालेका छन । उनिहरु यसरी सामाजिक सजालको गलत प्रयोगमा अभिभावकलाई दोषी देख्छन् । १ सय ९ औँ अन्तरष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा भरतपुर महानगरपालिका वडा नम्बर ४ मा भएको एक कार्यक्रममा बोल्ने बिध्यार्थीहरुले सामाजिक सञ्जालको गलत प्रयोग बढ्नु अभिभावक रहेको बताएका हुन् ।
वडा स्तरिय बाल क्लब वडा नम्बर ४ ले आयोजना गरेको “सामाजिक सञ्जालमा आजका युवा” विषयक अन्तर विद्यालय स्तरीय बक्तृत्वकला कार्यक्रमा आफ्नो बाल बच्चाको अवस्थाका बारेमा अभिभावक जिम्मेवारी बन्न सक्नु पर्ने बताए ।
वडा नम्बर ४ का ८ वटा विद्यालयका विद्यार्थीहरु सहभागिता भएको कार्यक्रममा बालबालिका बिग्रेपछि गालि गर्नु भन्दा पहिले आफ्नो बालबालिका विद्यालय जानछनकी जादैनन् सो को बारेमा बुझ्न जरुरी रहेको बिद्यार्थीले बताए ।
प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका सनराईज विद्यालयका खुस्बु भण्डारीले सामाजिक सञ्जालको प्रयोग कति गर्ने र नगर्ने भन्ने बिषयमा आँफुहरुले पनि बुझ्न आबश्यक रहेको बताए ।
उनले सामाजिक सञ्जालकै कारण धेरै मानिसहरु प्रगतिको तहमा अगाडि गएको भएपनि दुखःका साथ त्यतिनै सामाजिक सञ्जाको गलत प्रयोगका कारण मृत्युको मुखमा पुगेको बताए ।
भण्डारीले यो सामाजिक सञ्जाललाई सहि सदुपयोग गरे मज्जा र नगरे लज्जा नै हुने कुरालार्ई जोडे तोडका साथ तर्क गरे ।

Advertisements

लक्ष्मी माविमा भएको कार्यक्रममा भएको बक्तृत्वकला प्रतियोगितामा विद्या विकासकी लोचना रिजाल, बाल्मिकी शिक्षा सदनकी आकांक्षा पौडेल तृतीय र लक्ष्मी माविकी चेतना शर्मा सान्त्वना भएका थिए ।
वडा स्तरीय बाल क्लबका अध्यक्ष रोहन बगालेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरी प्रसाद आचार्य, आदर्श गृहकी प्रमुख मिना खरेल, कार्यपालिका सदस्य पवित्रा केसी लगाएतले बोलेका थिए ।
कार्यक्रमा वडा न ४ कि वडा सदस्यहरु कोपिला परियार, प्रेम पाठक, अर्पण पोख्रेल, परिवार नियोजन संघकी केन्द्रिय सदस्य प्रसंशा श्रेष्ठ, एन के एस मोटरका सञ्चालक कमल कंडेल, सामाजिक अभियानताहरु प्रकाश थापा, शुर्य पौडेल, प्रवेश गौतम लगाएतको उपस्थित रहेको थियो ।

LEAVE A REPLY