कास्की–२ मा विद्यालाई उठाइने : दाहाल

0
183

पोखरा, फागुन २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट विद्या भट्टराईलाई उठाइने बताएका छन् ।

Advertisements

सोमबार पोखरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई भेटेपछि पत्रकारहरुसँग दाहालले कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने बताएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेता अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नम्बर–२ मा उपनिर्वाचन गराउनुपर्ने भएको छ ।

उक्त क्षेत्रमा पार्टीले कसलाई उम्मेदवार बनाउँछ भन्ने जिज्ञासा भइरहेका बेला दाहालको उक्त भनाइ आएको हो ।

LEAVE A REPLY