अस्पस्ट सम्झौताले मुलुक समस्यामा पर्नसक्छ : बाबुराम

0
204

राजविराज, फागुन २७ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले सीके राउतसँग नाटकीय ढंगले गरेको ११ बुँदे सम्झौताले मुलुक समस्यामा पर्नसक्ने बताएका छन् ।

Advertisements

सोमबार राजविराज विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले राउतलाई शान्ति–प्रक्रियामा ल्याउनु सकारात्मक भएपनि अस्पस्ट सम्झौताले मुलुक समस्यामा पर्नसक्ने उल्लेख गरे ।

हतार–हतारमा गरिएको सम्झौतामा दुवै पक्षले अलग–अलग तरिकाले व्याख्या गर्ने गरेका कारण भविष्यमा त्यसबाटै द्वन्द्व निम्त्याउने खतरा बढेको उनको भनाइ थियो ।

LEAVE A REPLY