संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न सक्दैनः गृहमन्त्री

0
236

भैरहवा २७ फागुन । गृहमन्त्री रामबहादुर थापाले संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने बताएका छन् ।

Advertisements

भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठी लाई सम्बोधन गर्दैै गृहमन्त्री थापाले सीके राउतसँग स्वतन्त्र मधेसको नारा त्याग्ने सहमति भएको दावी गर्दै स्वतन्त्र मधेसका लागि जनमतसंग्रह हुन नसक्ने बताए ।

देशलाई बिखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको उल्लेख गर्दै मन्त्री थापाले अपराधिक तत्वबाट भने मुलुकलाई खतरा रहेको स्वीकार गरे ।

उनले संविधानभन्दा माथि गएर कसैले गतिविधि सञ्चालन गर्न खोजे सरकार चुप लागेर नबस्नेसमेत चेतावनी दिए ।

राउतको स्वागतमा उनका सर्मथकले जनकपुरमा गरेको प्रदर्शनलाई गृहमन्त्री थापाले उक्त क्रियाकलापलाई अन्तिम विदाइको खुसियालीको संज्ञा दिए ।

गृहमन्त्री थापाले विप्लप नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती थपिएको भन्दै यसलाई निस्तेज पार्न सरकार गम्भीर रहेको समेत उल्लेख गरे ।

LEAVE A REPLY