दलाली र भनसुन गरेर प्रहरीमा भर्ना हुन नसक्ने आईजीपी खनालको दाबि

0
227

चितवन, फागुन २७ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दलाली र भनसुन गरेर कसैले पनि प्रहरीमा भर्ना हुन नसक्ने बताएका छन् ।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको नवनिर्मित प्रहरी व्यारेक भवनहरुको आज (सोमबार) समुद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरी संगठनलाई सुधार गर्दै अघि बढेको अब कसैको दलालीले कोही पनि प्रहरी बन्न नपाउने बताए । खनालले भने–“प्रहरी संगठन यसमा दृढ छ, भनसुन, दलाली गरेर कोही पनि प्रहरी सेवामा प्रवेश गर्न सक्दैनन् ।”

Advertisements

यस्तै महानिरीक्षक खनालले घुस दिने र लिने दुवै अपराधि रहेको भन्दै त्यस्ताले नछोड्ने बताए । उनले प्रहरीलाई घुस जस्तो अपराधिक कार्यमा प्रेरिरत गर्नेलाई पनि कारवाहीको भागिदार बनाईने बताए । उनले नेपाल प्रहरी भित्र बसेर लाभान्भित हुनेहरु सबैलाई कारवाही गरि सकेकोले प्रहरी संगठन सफा भईसकेको दावी गरे ।

उनले प्रहरीहरुलाई सबै भन्दा पहिले सज्जन, इमान्दार हुन आग्रह गर्दै यसले सबै समस्या समाधान गर्दै लैजाने बताए । उनले प्रहरीको बर्दी लगाई सकेपछि अपराध र अपराधीको दुनियामा भिडन सक्ने हुनुपर्ने बताए ।

LEAVE A REPLY