सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउदा राष्ट्रघाती सम्झौता भएको देउवाको आरोप

0
232
Nepali Congress President candidate Sher Bahadur Deuba waves during the election in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

पोखरा, फागुन २८ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

Advertisements

नेपाल प्रेस युनियन कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देश टुक्र्याउने गतिविधिसहित जनमत संग्रह माग्दै हिँड्नु कांग्रेसका लागि सैह्य नभएको बताए । सम्झौतामा भएका बुँदा राष्ट्रघाति रहेको उनको टिप्पणी थियो ।

‘सिके राउतले जनमत संग्रह गर्ने र देश टुक्राउने कुरा गर्छन् हामी यसलाई कसरी स्वीकार्न सक्छौं रु’ देउवाले भने, ‘यस विषयमा न प्रधानमन्त्रीको खण्डन आउँछ, जनकपुरमा जनमत संग्रहको नारा घन्किछ ।’

फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको उनले बताए । उनले भने, ‘प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने अधिनायकवादतर्फ जान्छ ।’

आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको टिप्पणीसमेत उनले गरे ।

‘सरकारले विभिन्न नाउँमा संघीयतालाई असफल बनाउन लागिरहेको छ । यो कांग्रेसका लागि मान्य हुँदैन,’ उनले भने ।

विप्लव माओवादीको गतिविधिबारे सोधिएको प्रश्नमा उनले देशमा हत्या हिंसा अराजकता मौलाएकोले यसको नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको बताए ।

संसदमा प्रतिपक्षको भूमिका कमजोर देखिएको भन्नेबारे पत्रकारको जिज्ञासामा उनले ‘संसद् र देशै भरि सरकारका विरुद्ध बोलेको छु, यति हुँदा पनि सरकार सुन्दैन । भोट दिने बेलामा एमालेलाई भोट दिने अहिले प्रतिपक्षको भूमिका खोज्ने रु’ भनी प्रतिप्रश्न गरे ।

म्याग्दीको तातोपानीमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै नुहाएर एकता हुन्छ भनी आफूले नभनेको उनले प्रष्ट पारे ।

LEAVE A REPLY