सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
206

सल्यान २८ फागुन । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisements

श्रीनगरबाट लुहाम जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर गएराति शारदा नगरपालिका–१ शान्तिनगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा शारदा नगरपलिका–१२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका–१ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा खसेको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY