भरतपुर बिवाद ः उपमेयरका मागमा गम्भिरता नहुदा बैठक बहिस्कार !

0
68

चितवन, २९ फागुन । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख विच देखिएको बिवाद उत्कर्षमा पुगेको छ । महानगरमा देखिएका असन्तुष्टि प्रति महिना दिन सम्म पनि महानगर प्रमुख रेनु दाहालले चासो नदेखाएपछि बैठक बहिस्कारको स्थिती सृजना भएको छ । फलस्वरुप महानगरले आज आयोजना गरेको र्धुमुस सुन्तली फाण्डेसन सगंको बैठकको उपप्रमुख शाहले उपस्थित जनाइनन् ।

आफुले एक महिना देखि राखेका मागको कुनै सम्बोधन नभएपछि बाध्य भएर बैठकमा उपस्थिती नजनाएको बताइन् । ‘बिगत केहि समय देखि राखेका माग प्रति कुनै गम्भिरता देखाइएन, माग सम्बोधनका लागी दवाव स्वरुप महानगरले आयोजना गरेको बैठक बहिस्कारको अवस्था आएको हो ।’ उपप्रमुख शाहले भनिन् ‘क्रिकेट रंगशाला लगाएतका बिकासका काममा जस्तोसुकै सहयोग गर्न पनि तयार छौ ।’ उनले महानगर पारर्दशितामा चल्नुपर्ने माग राख्दा उल्टै पेलेर जान खोजेको आरोप लगाइन् ।

महानगरमा भएको प्रमुखको एकलौटिपन प्रति प्रतिकार गर्ने गरी नेपाली काङ्ग्रेस भित्र छलफल भइरहेको बुझिएको छ। नेपाली काङ्ग्रेस जिल्ला सचिव उत्तम जोशीले भरतपुरको बिवादका बिषयमा जिल्ला देखी केन्द्रसम्म बहस भइरहेको बताए । उनले महानगर प्रमुख रेनु दाहालले उपप्रमुख शाहलाई वाइपास गरेर जान खोजेको आरोप लगाए । महानगरले देखिएको लाई गम्भिरताका साथ लिन आग्रह गदे अन्यथा शशक्त प्रतिकारमा उत्रने चेतावनी दिए ।

केहि समय अगाडी एक बिज्ञप्ति जारि गर्दै उपप्रमुख ठकुरीले महानगरपालिकामा आर्थिक अनियमितता मौलाएको बताएकी थिइन । महानगरपालिका प्रमुख दाहालले महानगरको काम नियम संगत नगरेको ले आरोप लगाएको थिइन । १२ वटा बुँदा सहितको प्रेश बक्तव्यमा महानगरले गर्ने कामका लागि समिति गठन नै नगरी आर्थिक, जिन्सी लगाएतका क्रियाकलाप गरेको जनाइएको थियो । ठकुरीले भरतपुर महानगर आस्थाको आधारमा चलेको भन्दै चर्को असन्तुस्टि जनाएकी थिइन् ।

LEAVE A REPLY