यसपालीको होली चोकबजारमा होली डिजे पुलपार्टीमा

0
61

चितवन २९ फागुन । फागु–पूर्णिमा अर्थात ‘होली’को अवसरमा होली डिजे पुल पार्टी हुने भएको छ । थ्री सिक्स्टि म्यानेजमेन्टको आयोजनामा चैत्र ७ गते होटेल रोयल ब्याङ्क्यूटमा हुन लागेको हो । पश्चिम चितवनको चोकबजारमा होली डिजे पुलपार्टी २०७५ कार्यक्रममा काठमान्डौ क्लव डेजाभुका चर्चित डिजे रोलिङ्ग र डिजे आशिषको विषेश प्रस्तुति रहने कार्यक्रम संयोजक सुरज आर्चायले बताए । कार्यक्रममा बिभिन्न किसिमका लाइभ गीत संगितको समेत मनोरञ्जन लिन सकिने आर्चायले जानकारी दिए ।

सो क्रममा एप्सुल्युट कम्युटर एण्ड मोबाइल बाट प्रदान गरिने बिभिन्न किसिमका आकर्षक गिफ्ट हाम्परहरु अडियन्सलाई प्रदान गरिने छ । ग्रेस इन्टरनेशनलले प्रायोजन गरेको कार्यक्रममा सेन्ट्रल कलेज अफ भोकेसनलले सह–प्रायोजन गरेको छ । विभिन्न चार्ड पर्वको अवसर पारेर थ्री सिक्स्टि इभेन्ट्स म्यानेजमेन्टले सचेतना मुलक एवं मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा वेभरज प्रायोजनमा कोका–कोला, र्अना वियर, किन्ले वाटरले गर्नेछन् । त्यस्तै जेम्स वल्ड फनपार्क , डवली द स्पेस , मिर्ची अथेन्टिक क्युजिन एण्ड बार, दाजुभाई रिकण्डिसन हाउस, लेक ट्वेन्टी थाउजेन फार्म एण्ड रिट्रिक देवनगर–चम्पानगर, चितवन मोटर्स नेपाल बालमन्दिर रोड लगाएतले सहयोग गर्नेछन् ।

LEAVE A REPLY