बागलुङ बिँहुकोटका कडेल वंशद्धारा गैडकोटमा सवा तीन करोडको लागतमा कुल मन्दिर स्थापना

0
298

बिनिता कडेल, चितवन चैत्र १ । भारद्धावाज गोत्रिय कडेल वंशद्धारा गैडकोटमा सवा तीन करोडको लागतमा कुल मन्दिर स्थापना गरिएको छ । बागलुङ जिल्लाको बिँहुकोट मुख्य थलो रहेर चितवन नवलपुरमा आएर बसोबास गरेका कडेलहरु आँफैले आर्थिक संकलन गरेर कुल मन्दिरको स्थापना गरेको कुल मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रमाकान्त कडेलले बताए । बिँउकोटबाट चितवन आएका कडेलहरुले २०५६ शालदेखि सो स्थानमा पुजा आजा गर्दै आएकोमा पुजा गर्नको लागि संरचना सानो हुदाँ समस्या परेपछि सुबिधा समपन्न मन्दिरको स्थापना गरिएको हो । सवा तीन करोडमा निर्माण भएको कुल मन्दिरमा बिभिन्न देबीदेवताका दर्जन भन्दा बढी मुर्ती स्थापना गरिएको छ । मन्दिर भित्र र बाहिर गरि सप्तरिषीका ८, राम,सीता, हनुमान, लक्षमण, शिब पार्वती गणेश, देबि शुुर्य, बिष्णु लगाएतको मुर्तीहरुको स्थापना गरिएको अध्यक्ष कडेले बताए ।

Advertisements

डेढ बिधा क्षेत्रफलमा निर्माण भएको मन्दिरमा आर्कषकको लागि मोजाक टाएलको प्रयोग गरिएको छ । अतिथि गृह सहित निर्माण भएको मन्दिरमा सुबिधा समपन्न यज्ञ मण्डप, आश्रम, भोजन गृह,लगाएत उच्च स्तरका शौचालयहरु निर्माण गरिएको मन्दिर निर्माण समिति संयोजक प्रकाश कडेलले बताए । मन्दिरमा कडेलमात्र नभई अन्य ब्यत्तीको आवागनको लागि आर्कर्षण किसिका संरचना पनि छन । पर्यटन प्रवद्धन गर्ने उद्देश्यले ६० केजी बराबरको ४ वटा कलात्मक घण्ट जोड्नो मन्दिर ब्यबस्थापन समितिका सचिब हरी कडेलले बताए । कडेलका अनुसार हाल २ वटा घण्ट राखि सकिएको र बाँकी २ वटा पनि ललितपुरमा बनाउनको लागि अडर गरिएको छ ।

२ बर्षमा निर्माण सम्मन गर्ने गरि बनाईएका मन्दिर महा भुकम्पका कारण १ बर्ष ढिला गरि निर्माण भएको हो । २०५६ शालदेखि कुलको स्थापना गरेर पुजा गर्दै आईएको ठाँउ निकै साघुरो भए पछि कडेलहरु आँफैले रकम संकलन गरेर मन्दिर निर्मांण गरिएको सचिब हरी कडेलले बताए । कडेलका अनुसार पहिले सानो ठाउका कारण सबै कार्यक्रम तथा पुजाहरु एकै ठाँउमा गर्नु पर्ने भए पछि मन्दिर निर्माण गरिएको हो । हाल बनेको कुल मन्दिरमा गुरुकुल र बृद्धा आश्रम सञ्चालन ल्याउने समेत अध्यक्ष कडेलले बताए । कडेलका अनुसार मन्रि निर्माणमा सहयोग गर्नेहरुको नामावली शिला लेखमा नाम लेख्ने तयारी र कडेलको वंशावली लेख्ने काम तत्कालै सुरु हुने छ ।

LEAVE A REPLY