नेताहरुको कमजोरीले मुलुकमा परिवर्तन भएन ः कोइराला

0
441

चितवन ०२ चैत । नेपाली काङ्ग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले बिगतमा भएको पाठ सिक्दै पार्टीलाई एक ठिक्का बनाउनुपर्ने बताएका छन् । आज शनिवार भरतपुर वडा नं ९ को पार्टी कार्यकता भेला एवं बनभोज कार्यक्रममा बोल्दै काङ्ग्रेस एक शशक्त पार्टी भएकाले सबै बिगतका तिता मिठा कुरा भुलेर अगाडी बडनुपर्ने बताएका हुन ।

Advertisements

कार्यक्रममा काङ्ग्रेसका युवा नेता दिनेश कोइरालाले नेताहरुको कमजोरीले मुलुक भड्खालोमा परेको बताए । परिवर्तनका नाममा भएका आन्दोलनले मुलुकलाई झन् अधोगती तर्फ उन्मुख गराएको उनको जोड छ । ‘२०४६ सालको परिवर्तन पछि धेरै नेता जन्मिए तर देशले गती लिन सकेन, द्धन्दमा परेका देशले ५ बर्ष पछि धेरै प्रगती गरीसके तर नेपालमा नेताहरुको दिन प्रतिदिनको कमजोरीले मुलुकले दुख पायो ।’उनले भने,‘हरेक दिन नेपाली नौजवानहरु आफ्नो सुन्दर भविष्य खोज्न बिदेशिएका छन् । सुन्दर सपना बोकेर गएका तिनै नौजवानहरु मध्ये करिव एक दर्जन लाश बनेर रातो बाकसमा फिर्ता भएका छन् । यसको जिम्मा नेतृत्वले लिनुपर्छ । उनीहरुको कमजोरीले यस्तो स्थिति आएको हो ।’

उनले काङ्ग्रेसले धेरै राम्रा काम गरेपनि अपेक्षाकृत काम गर्न नसक्दा बिगतमा माओवादी जन्मिएको बताए । २०६२÷०६३ सालको आन्दोलन पछि माओवादी र यसका नेता प्रचण्ड प्रति जनताको धेरै अपेक्षा भएपनि उनले आफ्नो लागीमात्र काम गर्दा देशको लागी सोच्ने समय नपाएको टिप्पणी गरे । जनयुद्धकालमा ठूलाठूला सपना देखाएपनि ती सपनाको चीहानबाट विप्लवको पार्टी भूत बनेर निस्किएको उनको तर्क छ ।

कार्यक्रममा काङ्ग्रेस जिल्ला सचिव उत्तम जोशीले संगठन बलियो बनाएर काङ्ग्रेसलाई सहि मार्ग देखाउन आवस्यक रहेको बताए । भरतपुर महानगरले गरेका नराम्रा कामको शशक्त ठङ्गले प्रतिकार गनुपर्ने बेला आएको उनको भनाई छ ।
कार्यक्रममा नेताहरु शंकर कंडेल, अमृत वानियाँ, भरत अधिकारी, सन्तलाल तामाङ्ग, धर्मराज पौडेल, ठाकुर कुमारी पौडेल लगाएतले बोलेका थिए । कार्यक्रम भरतपुर वडा नं ९ का सभापती कृष्णराज शोतीको सभापतित्वमा सम्पन्न भयो ।

LEAVE A REPLY