नेत्रविक्रम नेकपालाई शाान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसको अपिल

0
277

काठमाडौं, चैत २ । नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ ।

Advertisements

कांग्रेसले शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वलाई हत्या–हिंसा र चन्दा आतंकको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा विप्लव समूहको नेकपालाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेकपा र नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गरिएको छ ।

विज्ञप्तिमा ‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो’ भन्दै ‘तर त्यसको नाममा संविधानविपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न नसकिने’ उल्लेख गरिएको छ ।

यसैले ‘वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत् गर्न’ कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

LEAVE A REPLY