भेनेजुएला प्रकरणका कारण रोकिएको प्रचण्डको अमेरिका भ्रमण हुदै

0
228

काठमान्डौ ०२ चैत्र । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार (३ चैत्र) मा अमेरिका प्रस्थान गर्ने भएका छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी परिवारका केही सदस्यसहित अमेरिका प्रस्थान गर्न लागेका हुन्। प्रचण्ड यसअघि माघ पहिलो साता अमेरिका जाने कार्यक्रम थियो, तर सीतालाई मौसमी विरामीले छोएपछि र भेनेजुएला प्रकरणका कारण जान रोकिएका थिए।

Advertisements

उथलपुथलपूर्ण भेनेजुएली राजनीतिमा अमेरिकी चासोको विरोध गर्दै प्रचण्डले अमेरिकाको विरोधमा बक्तव्य दिएपछि उनी अमेरिका जान रोकिएका थिए। सोही वक्तव्य अघि काठमाडौँस्थित अमेरिकी राजदूतावासको सहजिकरणमा पत्नी सीतालाई लिएर अमेरिका जाँदै तय भइसकेको थियो।

तर, माघ पहिलो हप्ता मौसममा प्रतिकूलतासँगै सीता र परिवारका अन्य सदस्य विरामी परेर अस्पताल भर्ना भएपछि केही दिनका लागि त्यो भ्रमण कार्यक्रम सरेको थियो। त्यसैबीचमा भेनेजुएला प्रकरणमा निकालेको बक्तव्यका कारण प्रचण्ड–अमेरिकाबीचको सम्बन्धमा दरार उत्पन्न भयो र उनी त्यता जान रोकिए।

पछि नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी नै प्रचण्ड निवास पुगेर भ्रमण रद्द नगर्न अनुरोध गरेर सम्बन्ध सुधारको प्रयास गरेका थिए। राजदूत बेरीको सोही अनुरोधपछि प्रचण्डले पत्नी सीताको उपचारका लागि अमेरिका जाने कार्यक्रम बनाएका हुन्। स्रोतका अनुसार, उनको अमेरिका बसाईं करिव दुई हप्ताको हुनेछ।

LEAVE A REPLY