सुर्खेतदेखि कालिकोट जाँदै गरेको बसमा एक्कासी आगलागी भएपछि

0
223

 

सुर्खेत,चैत २ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि कालिकोट जाँदै गरेको बसमा शनिबार दिउँसो गाडीकै विद्युत सर्ट भएर आगलागी भएको छ । समयमै यात्रुहरु झरेका कारण मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
कर्णाली यातायातको बा४ख ८७८ नम्वरको बसमा दिउँसो करिब १२ बजे कर्णाली राजमार्गको बराहताल गाउँपालिकाको हुड्केमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार अहिले घटनास्थलमा प्रहरी पुगी अध्ययन अनुसन्धानका साथै सहायताको काम भईरहेको छ । बसमा आगलागी भएको स्थान सुर्खेत सदरमुकामदेखि २० किलोमिटर पश्चिममा पर्छ ।

Advertisements

LEAVE A REPLY